अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा
काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले अध्यादेशभित्र सकारात्मक कुरा हुँदाहुँदै पनि नियत, प्रक्रिया र विधिमा त्रुटी रहेको बताएका छन् ।
आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन् । सांसद शर्माले सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए । सांसद शर्माले अध्यादेशहरु सकारात्मक रहेको भएपनि सकारात्मकताभित्र खतरनाक कुराहरु समावेश रहेको दाबी गरे ।
सुकुम्वासीहरुलाई जग्गा दिनेकुरा सकारात्मक रहेको भएपनि हदबन्दी फुकुवा गर्नेकुरा डरलाग्दो रहेको उनको भनाई छ । भू माफियाहरुको हातमा सरकार गएको महशुस आफूले गरेको भन्दै सांसद शर्माले सुशासन, सामाजिक न्यायको बाटोबाट सरकार विचलित भएको आरोप लगाए ।
प्रतिक्रिया