कांग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुँदैन: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली काँग्र्रेस, नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खिने छुट नरहेको बताएका छन् । 

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले  यस्तो बताएका हुन्  । लिङ्देनले तिनै पार्टी र नेतृत्वमा रहेकाहरुबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागि हुनु भएको टिप्पणी गरे । अध्यक्ष लिङ्देनले मुलुक करिब साढे तीन दशकदेखि कांग्रेस, एमाले र माओवादीको वरिपरि घुमिरहेको भएपनि मुलुकको विकास हुन नसकेको दाबी गरे।

 लिङ्देनले राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने  अभियानमा सहभागि हुन सबैमा अपिल समेत गरे । लिङदेनले आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको बताउनु भयो । 

अध्यक्ष लिङदेनले आफूले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु बराबर हो भनेर राजनीति गरिरहेको उल्लेख गर्दै उक्त कुरा राप्रपाको सिद्धानन्तको रुपमा स्थापित भइसकेको दाबी गरे ।
 

प्रतिक्रिया

‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’

‘केही सहकारीका गलत क्रियाकलापले राम्रो काम गर्ने पनि बदनाम भए’

सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ?

सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ?

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा

अध्यादेश तत्काल फिर्ता लिनुपर्छः सांसद शर्मा

नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्ने

नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि ब…

एक जना व्यवसायीको लाभको लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैनः अध्यक्ष लिङदेन

एक जना व्यवसायीको लाभको लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैनः अध्यक्ष लिङ…

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार

ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय समितिबाट अनुमोदन

न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको नाम संसदीय समितिबाट अनुमोदन

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल

निर्माण व्यवसायीबाट कानुनबमोजिम दाबी भएको रकम भुक्तानी हुन्छः अर्थमन्त्री पौडेल