नेपालगञ्जमा विहान ६ बजेदेखि ९ बजेसम्म निषेधाज्ञा हटाइयो, बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कफ्र्यू कायमै

काठमाडौं । सामाजिक सद्भाव भड्किन नदिनका लागि बाँकेको नेपालगञ्जमा जारी गरिएको कर्फ्यु र निषेधाज्ञा खुकुलो पारिएको छ । बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञा समेत हटाइएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको आदेशमा बिहान तीन घण्टा निषेधाज्ञा समेत हटाइएको र ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएको उल्लेख छ । यसअघि बिहान ६ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएको थियो । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कफ्र्यू भने जारी रहने प्रशासनले जनाएको छ । गत मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले दिउँसोको समयमा निषेधाज्ञा र रातिको समयमा कफ्र्यू लगाउँदै आएको छ ।

प्रतिक्रिया