राष्ट्रिय एकता बलियो बनाउन समाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको बताएका छन् ।
आज बेँसीसहरमा प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटनका अवसरमा मन्त्री गुरुङले लोकतन्त्रको मूलभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको अभिव्यक्ति सिद्धान्तलाई आत्मसात गर्न र त्यसलाई थप व्यवहारिक रुपमा प्रभावकारी बनाउन उक्त विधेयक ल्याइएको दाबी गरे ।
मन्त्री गुरुङले सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै विधेयक नियन्त्रण गर्ने उद्देश्यले नल्याइएको बताए ।
प्रतिक्रिया