प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं ।आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ ।
साहले केही दिनअघि सामाजिक सञ्जाल फेसबूकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए । अदालतको अपमान गरेको भन्दै सांसद साह उपर बौधिमाई नगरपालिकाका मेयर प्रदिपकुमार यादवले गत शुक्रबार मुद्दा दर्ता गराएका हुन् ।
साहविरुद्ध अदालत परिसरमा ज्यान मार्ने धम्की दिएको आरोपसमेत छ । सांसद साह र मेयर यादवबीच विवाद भइरहेको छ । बाटो खाली गराउने क्रममा नगर प्रमुख यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गर्ने गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश भएको थियो ।
प्रतिक्रिया