माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले आज बस्ने भनिएको स्थगित भएको हो । बैठक भोलि (सोमबार) बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । यसअघि बिहान ११ बजे बोलाइएको बैठक प्रचण्डको कार्य व्यस्तताका कारण दिउँसो २ बजेलाई सारिएको थियो ।
। पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेको थियो ।जिम्मेवारी हेरफेर तथा कार्यविभाजन कार्यदलमा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । कार्यदलले माघ २ गते बसेको पदाधिकारी बैठकमा प्रस्ताव पेस गरेको थियो ।
प्रतिक्रिया