सच्चिन नसके बाटो खाली गरिदिन प्रधानमन्त्री दाहाललाई कांग्रेस नेता कोइरालाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले सरकार सच्चिन जरुरी रहेको बताउँदै सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरे । उनले देशमा जताततै अराजकता बढेको उल्लेख गर्दै यस्तो परिस्थितिलाई काँग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी समेत गरे । अब कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने कोइरालाको भनाइ छ । 
नेता कोइरालाले प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्ने, २०८४ मा माओवादीलाई जिताए जातिय राज्य दिन्छु भन्ने जस्ता अराजक अभिव्यक्ति दिएको टिप्पणी समेत गरे । नेता कोईरालाले काँग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने पनि बताए ।

प्रतिक्रिया