स्वर्गद्वारी गुठी पीडित मोही किसानद्धारा माइतीघरमा धर्ना

काठमाडौं । तीन बुँदे माग अघि सार्दै स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। दाङ देउखुरीबाट यही माघ १८ गते गौशालास्थित पशुपति धर्मशालामा आएर बसेका उनीहरुले  गौशाला चोकदेखि र्‍याली गरी माइतीघर मण्डलमा पुगेर प्रदर्शन गरेका हुन् ।

 
किसानले पुस्तौंदेखि खेतिपाती गर्दै आएको ती जग्गाको मोही आफूहरू रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा भएको पीडित मोही किसान संघर्ष समितिले जनाएको छ।

यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।

उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानी बापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्न माग गरेका हुन्। 

प्रतिक्रिया