अमेरिकाले क्यानडा, मेक्सिको र चीनमा लगाएको अतिरिक्त करको निर्णय लागू
एजेन्सी । अमेरिकाले क्यानडा, मेक्सिको र चीन बाट आयात हुने सामानमा नयाँ भन्सार दर लागू गरेको छ ।
राष्ट्रपती डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ दर लागू भएका हुन् । अब अमेरिकामा क्यानडा र मेक्सिको बाट आयात हुने सामानमा २५–२५ प्रतिशत कर लाग्नेछ । यस्तै, चीन बाट आयात हुने सामानका १० प्रतिशत कर लाग्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिएका छन् । क्यानडा र मेक्सिकोले तिर्नुपर्ने भन्सार शुल्क ती देश बाट गैरकानूनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।
ट्रम्पले भविष्यमा युरोपेली संघ ईयूका लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताएका छन । क्यानडा बाट आयात हुने तेलमा भने नयाँ भन्सारदर फेब्रुअरी १८ तारिख बाट कार्यान्वयनमा आउने बताइएको छ । अमेरिकी प्रशोधन केन्द्रहरूमा ल्याउने झन्डै ४० प्रतिशत कच्चा तेल विदेश बाट आयातित हुने गर्छ र त्यसको ठूलो हिस्सा क्यानडा बाट आउँछ ।
चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् । गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । तथ्याङ्क अनुसार सन् २०१८ यता अमेरिकामा चीन बाट हुने आयात खस्किएको छ ।
रासस
प्रतिक्रिया