आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (आइतबार) बस्दैछ । 

बैठक दिउँसो सवा १ बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

प्रतिनिधि सभाको बैठक भने आगामी माघ २४ मा बस्ने छ ।। 

प्रतिक्रिया