अमेरिकामा भएको विमान दुर्घटनामा ७ जनाको मृत्यु
एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा एउटा सानो मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
अमेरिका बाट मेक्सिकोको तिजुआना जाँदै गएको विमान उडान भरेको केही समयमा नै जमीनमा खस्ने क्रममा निजी भवनहरुमा ठोकिएर दुर्घटना भएको हो ।
दुर्घटनामा एक बालिका उनकी आमा, दुई चिकित्सक, दुई चालक दलका सदस्य र एक जना सडकमा हिँडिरहेको गरी ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । उडान भरेको एक मिनेटको समयमा विमान खसेर दुर्घटना हुँदा विमानमा आगलागी भएको हो ।
घटनामा १९ जना सर्वसाधारण घाइते भएका छन् । घटना निकै दर्दनाक भएको भन्दै घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अमेरिकी सुरक्षाकर्मीले जनाएका छन् ।
प्रतिक्रिया