भारतको महाकुम्भ बाट फर्किंदै गरेका ५ जना नेपालीको दुर्घटनामा परी मृत्यु

काठमाडौं । भारतको बिहार स्थित मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच जना नेपाली दर्शनार्थीको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । महाकुम्भ मेलामा गएर फर्किंदै यात्रु सवार स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा महोत्तरी र धनुषाका पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो । 

गाडीमा ९ जना सवार थिए । मृतक मध्ये तीन जना महिला र दुई जना पुरुष रहेका थिए । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । 

घाइते मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रतिक्रिया