प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, संक्रमणकालीन विधेयक लगायतका विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । शनिवार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भएको भेटमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ । भेटमा दुई नेताबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक लगायतका विविध विषयमा पनि कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रतिक्रिया