मोन्टी देसाईलाई क्रिकेट टीमको प्रशिक्षकबाट हटाउने क्यानको निर्णय
काठमाडौं । नेपाल क्रिकेट एसोसियसन (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।
क्यानले २ वर्षअघि नेपाली राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकमा नियुक्त भएका मोन्टीको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा जारी प्रेस विज्ञप्तिमा मोन्टीको सम्झौता नवीकरण नगर्ने र उनको प्रशिक्षणमा नेपाली पुरुष क्रिकेट टीमले गरेको उत्कृष्ट प्रदर्शन र सफलताको लागि उनलाई धन्यवाद ज्ञापन समेत गरिएको छ ।
देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए ।
प्रतिक्रिया