डा.चौधरीको अंग्रेजी भाषाको वाणिज्य कानून पुस्तक बजारमा
कानून व्यवसायी तथा त्रिभुवन विश्वविद्यालय (नेपाल ल क्याम्पस) का उप–प्राध्यापक डा. नेवल चौधरीद्वारा अग्रेजी भाषामा लिखित स्नातकोत्तर तह वाणिज्य कानूनको पाठयक्रममा आधारित पुस्तक ‘कमर्सियल ल’ सार्वजनिक भएको छ ।
वाणिज्य कानूनमा रुचि राख्नेहरुको जिज्ञासा मेटाउन, नेपालमा विदेशी लगानी गर्न चाहने इच्छुक लगानीकर्ताको जानकारीको निमित्त तथा नेपालमा प्रत्यक्ष विदेशी लगानीसंग सम्बन्धित रहेका नीति, ऐन, नियम तथा कानूनसमेतमा आधारित रहेको पुस्तक बजारमा आएको हो ।
उप–प्राध्यापक अधिवक्ता डा. चौधरीले यसअघि पनि अंग्रेजी भाषामा साइबर कानून र साइबर अपराधसंग सम्बन्धित पुस्तक The Art of Cyber Law & Cyber Crimes प्रकाशित गरिसकेका छन् ।
यसपटक उनले नेपालमा प्रत्यक्ष विदेशी लगानीको विशेष सन्दर्भको साथ वाणिज्य कानूनमा उत्कृष्ट पुस्तक, एक अनुसन्धानात्मक सन्दर्भ ग्रन्थको रुपमा आधारित पुस्तक प्रकाशित गरेका हुन् ।
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका पूर्व कार्यकारी निर्देशक रहिसकेका चौधरीले यो पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका निमित विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेख गरेका छन् ।
डा.चौधरीले यो पुस्तकमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा कार्यान्वयनमा देखिएका कमी–कमजोरी समेतलाई उजागर गर्ने कार्य गरेका छन् ।
उनले पुस्तकमा नेपालमा विदेशी लगानीको वर्तमान अवस्थाको बारेमा उल्लेख गरेका छन् । डा.नेवल चौधरीले अधिवक्ताको रुपमा सर्वोच्च अदालत तथा विशेष अदालतमा कानूनी व्यवसाय गर्दै आएका छन् ।
चौधरीले बाणिज्य कानूनअन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना विषयमा पीएचडी गरेका छन् ।
प्रतिक्रिया