भरतपुरमा विद्युत् लगायतका तारहरु भूमिगत गर्ने परियोजना शुरु
काठमाडौं । चितवनको भरतपुरमा विद्युत् लगायतका तारहरु भूमिगत गर्ने परियोजना शुरु भएको छ ।
सुन्दर भरतपुर बनाउने महत्वपूर्ण योजना अन्तर्गत ताररहित सुन्दर र स्मार्ट सडक बनाउने परियोजना अन्तर्गत भरतपुर महानगर भित्रका २५ किलोमिटर मुख्य सडकहरुमा तार भुमिगत गर्न लागिएको हो ।
एक अर्व तीस करोडको लागतमा तारहरु लाई भुमिगत गर्ने योजना अघि बढाइएको छ । योजना अन्तर्गत आज पहिलो फिडरको सफलता पुर्वक परिक्षण गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुरमा रहेको आरएमयुको स्वीच अन गरेर यो पहिलो फेजको ब्रेक–थ्रु गरेकि हुन् । यस आयोजनाको हाल सम्म ७० प्रतिशत कार्य प्रगति भएको महानगरले जनाएको छ ।
ताररहित सुन्दर र स्मार्ट महानगर बनाउने परिकल्पना सहित काम भइरहको भरतपुर महानगर प्रमुख दाहालले जानकारी दिइन । यो योजना यही आर्थिक वर्ष भित्र सक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया