कूटनीतिमा अनुभव र सीप चाहिन्छ : पूर्वमन्त्री पाण्डे

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एवं राजनीतिज्ञ रमेशनाथ पाण्डेले राष्ट्र र जनहितमा आधारित परराष्ट्र नीति सरकार फेरबदलसँगै परिवर्तन हुन नहुनेमा जोड दिएका छन् । 

आज आयोजित ‘नेपालको भू–राजनीतिः अन्तर्राष्ट्रिय सम्बन्ध र समृद्धिका लागि कूटनीतिक पहल’ विषयक कार्यक्रममा उनले परराष्ट्रनीति अपरिवर्तनीय हुने भएकाले सत्ता र शासन फेरिँदैमा नडगमगाउने धारणा राखे ।

पूर्वमन्त्री पाण्डेले भने, “देशको परराष्ट्र नीति परिवर्तन हुँदैन तर कार्यान्वयन गर्ने क्रममा विधि र प्रक्रिया भने परिवर्तन हुन सक्छ । कूटनीतिमा अनुभव र सीप चाहिन्छ, त्यो नै महत्वपूर्ण विषय हो ।”

पछिल्ला वर्षमा कूटनीतिमा संस्थागत स्मरण शक्ति कमजोर भएको आरोप लगाउँदै उनले परराष्ट्र नीति देशको हुने भएकाले हाम्रो सामथ्र्यलाई बढाएर लैजानुपर्ने खाँचो औँल्याए ।

प्रतिक्रिया