निर्माण व्यवसायीको बक्यौता रकम दशैं अघि नै भुक्तानी हुन्छ: अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीहरुको बक्यौता रकम दशैअघि सरकारले भुक्तानी गर्ने दावी गरेका छन् । आज भरतपुर बिमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले निर्माण व्यवसायीको गत असार सम्मको रकम भुक्तानीको तयारी सरकारले गरिरहेको जानकारी दिएका हुन् । मन्त्री महतले बाहिर चर्चामा आएजस्तो ठूलो रकम नभई अब ६/७ अर्व मात्रै भुुक्तानी दिन बाँकी रहेको दाबी समेत गरे । उनले बजारमा हल्ला भएको जस्तो अर्थतन्त्र डामाडोल नभएको जिकिर पनि गरे ।
मन्त्री महतलले भुक्तानी गर्न बाँकी रकमवारे सम्वन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको र त्यसपछि रकम उपलब्ध गराइने जानकारी दिए । सामाजिक सञ्जाल र आम जनतामा निराशा पैदा गर्न हल्ला फिजाईएको तर त्यस्तो स्थिति नरहेको अर्थमन्त्री महतको भनाइ छ । राष्ट्रबैकले हिजो जारी नयाँ नीतिले अर्थतन्त्र सहज बनाउन भुमिका खेल्ने विश्वास उनको थियो । मन्त्री महतले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादामूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह समेत गरे ।
प्रतिक्रिया