महिला टी–२०आई : दोस्रो खेलमा पनि नेपाल पराजित
काठमाडौं । त्रिकोणात्मक महिला टी–२०आई सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । आज थाइल्याण्डसँग नेपाल ४ विकेटले पराजित भएको हो ।
काठमाडौंको कीर्तिपुरस्थित त्रि.वि क्रिकेट मैदानमा भएको खेलमा जितका लागि नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।
यसअघि नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो, भने थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको थियो ।
यो सिरिजमा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।
प्रतिक्रिया