नेपाल–भारत सीमाबाट दुई महिलाको उद्धार, ४ जना पक्राउ

काठमाडौं । नेपाल–भारत सीमावर्ती क्षेत्रबाट प्रहरीले दुई महिलाको उद्धार गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ भन्सारनजिक सञ्चालित एक होटलबाट प्रहरीले २ महिलाको उद्धार गरको हो ।

इनर्वा प्रहरी चौकीबाट खटिएको टोलीले होटलमा खानतलास गरी होटलबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन नेपाली एक भारतीय नागरिक हुन् । उनीहरु २ जना पुरुष र २ महिला छन् ।

उनीहरु विरुद्ध मानव बेचबिखनमा संलग्न रहेको आरोपमा मान बेचबिखन तथा ओसारपसार (नियन्त्रणं ऐन २०६४ बमोजिम कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया