कञ्चनपुरमा भीमदत्त नगर कार्यसमितिका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेस भीमदत्त नगर कार्यसमितिका सभापति अच्युत कलौनी मृत फेला परेका छन् । 

शनिबार बिहान भीमदत्त नगरपालिका–१८ मामा भान्जा चोकनजिक कलौनीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डी.एस.पी. उमेश जोशीका अनुसार सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको हो । 

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटना स्थललाई सिल गरिएको छ । चिकित्सक सहित टोली मगाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुलेको छैन । नेपाल विद्यार्थी संघको राजनीति बाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए । 

नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्री समेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए ।
 

प्रतिक्रिया