अछाममा भएको दुई किशोरीको मृत्युमा प्रहरीले आज दोषी सार्वजनिक गर्दै
अछाम । अछाममा दुई किशोरीको मृत्यु भएको घटनामा प्रहरीले हत्या भएको प्रारम्भिक ठहर गरेको गर्दै दोषीलाई आज (शनिबार) सार्वजनिक गर्ने तयारी गरेको छ ।
गत शुक्रबार बेपत्ता भएका अछामका दुई किशोरी मृत भेटिएका थिए । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित सुनघर सामुदायिक वनमा शुक्रबार हराएर शनिबार साँझ मृत भेटिएका ढकारी गाउँपालिका–८ का १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईशरा खड्काको हत्या गरिएको आशङ्कामा प्रहरीले अनुसन्धान थालेको थियो ।
बाख्रा हेर्न गएका किशोरीहरू मृत अवस्थामा फेला परेका थिए । घटनलाई गम्भीर रुपमा लिँदै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डि.आइ.जी. गणेश चन्द आफैं घटना स्थलमा खटिएका थिए । उनी सहित केन्द्रीय अनुसन्धान ब्युरो सी.आई.बी., प्रदेश प्रहरी कार्यालय धनगढी, महेन्द्रनगर र अछाम प्रहरी समेतको संयुक्त रुपमा फरक फरक ढङ्ग बाट घटनाको अनुसन्धान गरिएको थियो ।
घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई व्यक्ति बाटै घटना भएको हुनसक्ने बताइएको छ । ठोस निष्कर्ष भने प्रहरीले सार्वजनिक गरेको छैन । तर, घटना सुल्झिसकेको दाबी प्रहरीले गरेको छ ।
प्रतिक्रिया