अमेरिकामा ६ जना सवार विमान दुर्घटना

एजेन्सी । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान एउटा सानो मेडिकल विमान दुर्घटना भएको छ। 

उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थल बाट उडेको लेयरजेट ५५ नामक विमान दुर्घटनाग्रस्त भएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ । 

फिलाडेल्फिया बाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। जसमा दुई जना डाक्टर, दुई जना पाइलट, एक जना बिरामी र एक जना परिवारका सदस्य थिए। 

संघीय उड्डयन प्रशासनका अनुसार, लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्ट बाट साँझ साढे ६ बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा कति जनाको ज्यान गएको छ भन्ने बारे हाल सम्म एकिन भएको छैन । 

यस्तै, बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँएको थियो । उक्त  दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया