स्थानीय तहका कर्मचारी अत्यावश्यक बाहेकका काम रोकेर आन्दोलनमा

स्थानीय तहका कर्मचारीहरूले आजबाट थप आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । कर्मचारीहरुले आज सबै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउनको घोषणा गरेका हुन । संघीय निजामती ऐनप्रति असन्तुष्टि जनाउदै कर्मचारीहरुले गत आईतबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी उनीहरुको छ । आन्दोलित कर्मचारीहरूले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृति विकास, अन्तर प्रदेश सरुवा, विना सहमति चक्रिय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापनको माग राखेका छन् । त्यस्तै  उमेर हद र सेवा अवधि गणना, अस्थायी र करार कर्मचारीको व्यवस्थापन, सेवा सुरक्षाको सुनिश्चितताको माग पनि उनीहरुको छ । बिहीबार कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवीलाई भेटेर संघीय निजामती सेवा ऐनमा समेटिनुपर्ने २० बुँदे ज्ञापन पत्र बुझाएका थिए ।। 

प्रतिक्रिया