त्रिदेशीय महिला टी–ट्वान्टी : आज नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज (शनिबार) नेपाल र थाइल्याण्ड खेल्दै  छन् । 

खेल कीर्तिपुरको त्रि।वि। क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरू हुनेछ । बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्स सँग २० रनले पराजित भयो । त्रिदेशीय टी–२० श्रृखलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् । 

दोस्रो खेलमा भने थाइल्याण्डले नेदरल्याण्डलाई ८ विकेटले हराएको छ। आजको खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। 

लिग चरणको अंक तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

प्रतिक्रिया