जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज (शनिबार) बस्दै छ ।
बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजे देखि शुरु हुनेछ । बैठक आइतबार सम्म चल्नेछ ।
‘जनता सँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदन सहित बैठकमा बोलाइएको बताइएको छ ।
प्रतिक्रिया