पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
शुक्रबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजेल÷मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । यस्तै, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले मूल्य बढाइएको छ ।
यस्तै, पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । शुक्रबार इण्डियन आयल कर्पोरेशन बाट नयाँ मूल्य बढेर आएपछि नेपालमा पनि शनिबार बिहान १ बजे देखि लागू हुने गरी मूल्य बढाइएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६५ रुपैयाँ, सुर्खेत र दाङमा १६४ र अन्य क्षेत्रमा १६२ रुपैयाँ ५० पैसा पर्नेछ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १५६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १५५ र अरु क्षेत्रमा १५३ रुपैयाँ ५० पैसा पर्नेछ ।
प्रतिक्रिया