ज्यान मारेर जेल परेका १७० जनालाई सरकारद्धारा माफी, १३४ लाई नियम मिचेर माफी

सरकारले यो बर्ष ज्यान मारेको अभियोगमा जेल परेका १ सय ७० जनालाई आममाफी दिएको खुलेको छ । रिगल भनिने गुन्डा नाइके योगराज ढकालको १२ वर्ष कैद माफी गरेको घटनासँगै सरकारले कानुनी राजको धज्जी उडाउदै करिव दुई सयजनालाई माफी दिएको खुलेको हो । सरकारले असोज ३ मा ६ सय ७० जना कैदीलाई आममाफी दिने निर्णय गरेको थियो । तिमध्ये आममाफी पाउने १ सय ३४ ले आधा पनि सजाय भुक्तान नगरेको देखिएको तथ्यांकले देखाएको छ । उनीहरुले ४० प्रतिशत मात्रै सजाय भुक्तान गरेको र बाँकी ३७ जनाको सजाय ५० प्रतिशत मात्र पूरा भएको देखिएको छ।  त्यस्तै ज्यान मार्न खोजेको अभियोगमा जेल परेका ३५ जनाले पनि जेलबाट मुक्ति पाएका छन  । यीमध्ये २७ जनाले ६० प्रतिशत र ८ जनाले ५० प्रतिशत जेल सजाय भुक्तान गर्न बाँकी रहेको देखिएको छ ।  बहुविवाहमा जेल परेका ७८ जनालाई पनि सरकारले सजाय माफी दिएको छ । अवैध रूपमा जनावर मारी तस्करी गरेको अभियोगका ३५ जना, हातहतियार खरखजानाका १२ जना र चोरी डाँका मुद्दा सावित भएका १ सय ३८ जनाले सरकारबाट माफी पाएको गृहको तथ्यांकले देखाएको छ ।  साथै सवारी दुर्घटनामा जानाजान ज्यान मारेको अभियोगमा जेल परेका १ सय ४९ जना पनि जेलमुक्त भएका छन । कुटपिट गरी अंगभंग गरिदिएको अभियोग सावित भएका १४ जनाले पनि सजाय मिनाहा पाएका छन । साथै लागूऔषधका ३ जनालाई रिहा गरिएको छरु।
सरकारले हरेक वर्ष संविधान दिवस, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको दिनलाई उत्सवका रुपमा लिँदै आचरण सुध्रिएको भन्दै कैदीबन्दीलाई आममाफी दिदै आएको छ । पछिल्लो पाँच वर्षमा ६ हजार ६११ कैदीले माफी पाएको तथ्यांकले देखाएको छ ।। 
 

प्रतिक्रिया

सरकारको सय दिन  : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

विपक्षी दलसहित राष्ट्रपति निवासमा प्रचण्ड, ओली सरकार असफल भएको निष्कर्ष

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे:  कांग्रेस

रा.स्व.पा.ले हुल-हुज्जत र सडक प्रदर्शनवाट न्यायिक प्रकृयालाई प्रभावित पार्न खोजे…

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः प्रभु साह

ओलीको सयदिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउनेमै सीमित भयोः…

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

सरकार ढल्ने दिवासपना नदेखे हुन्छ : प्रधानमन्त्री (पूर्णपाठ)

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

जुनसुकै कालखण्डका भएपनि भ्रष्टाचारीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

वर्तमान सरकारले गर्छु भनेको काम पूरा गरेको प्रधानमन्त्री ओलीको दाबी

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटको माग

एमाले लतिपुुरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, बाढी पीडितको लागि ३ अर्ब बजेटक…