सिरियामा ड्रोन आक्रमण, कम्तीमा एक सय जनाको मृत्यु

सिरियाको होम्स सहरमा रहेको एउटा सैन्य एकेडेमीमा भएको ड्रोन आक्रमणमा परी कम्तीमा १ सय जनाको मृत्यु भएको छ । २ सय जना भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेहरूमा महिला र बालबालिका पनि छन ।  विस्फोटक पदार्थले भरिएको ड्रोनले क्याडेटहरूका परिवारहरू उपस्थित भएका स्नातक समारोह चलिरहेको समयमा आक्रमण गरिएको हो । सेनाले अन्तर्राष्ट्रिय सेनाद्वारा समर्थित आतंकवादी समूहलाई दोष लगाएको छ । होम्सको उत्तरपश्चिममा विपक्षी नियन्त्रित क्षेत्रबाट ड्रोन आक्रमण गरिएको बताइएको छ ।  सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले सिरियाका रक्षामन्त्री स्नातक समारोहमा भाग लिएको तर आक्रमण हुनुभन्दा केही मिनेटअघि नै त्यहाँबाट निस्किएको बताएको छ ।सन् २०११ मा राष्ट्रपति बसर अल–असदले शान्तिपूर्ण प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई हिंसात्मक रूपमा दण्डित गरेपछि सुरु भएको गृहयुद्धमा आधा लाखभन्दा बढी मानिस मारिएका छन । लगभग ७० लाख मानिसहरू आन्तरिक रूपमा विस्थापित छन् । ६० लाख शरणार्थी वा विदेशमा शरणार्थी जिवन विताइरहेका छन । 
 

प्रतिक्रिया