जाँचबुझ आयोगद्वारा सुन तस्करी छानवीनको काम शुरु

सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ । बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी आयोगले असोज १६ गतेदेखि औपचारिक रुपमा काम शुरु गरेको जनाएको हो । सो अवसरमा आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सरकारले दिएको कार्यादेश अनुसार कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाए । उनले सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै गरेका विषयमा पनि कहीँ कमजोरी भए खोज्ने कार्यादेश आयोगलाई रहेको जानकारी दिए । उनले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको स्पष्ट पारे । 
आयोगले इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी पनि दिएको छ ।

प्रतिक्रिया