‘रिगल’को कैद सजाय मिनाहामा सरकारसँग कारण माग
सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । आज न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको हो । बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि अदालतले आदेश गरेको छ । अदालतले रिटलाई अग्राधिकार अर्थात प्राथमिकतामा राखेर सुनुवाइ गर्न आदेश दिएको छ । रिगललाई संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए । उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी थिइन । भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलबाट अनशन समेत थालेकी छिन रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए ।।
प्रतिक्रिया