जघन्य अपराधका दोषीलाई राष्ट्रपतिले दिएको आममाफीप्रति संसदमा चर्को बिरोध

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गम्भीर अपराधका दोषीलाई दिइएको सजाय माफी बदनियतपूर्ण भएको बताएका छन् । आज प्रतिनिधि सभा बैठकको विशेष समयमा उनले अहिले भइरहेको यसको विरोध स्वभाविक भएको र विरोध हुनुपर्ने बताएका हुन् । महामन्त्री थापाले अपराधी दोषी ठहर भएका व्यक्तिलाई आममाफी दिनु संविधानको मर्मविपरित भएको भन्दै त्यसवारे सरकारसँग जवाफ समेत माग गरे । 
महामन्त्री थापाले कानुनको दुरुपयोग गरेर यसरी माफी मिनाहा दिनेमा कुनै पनि दलहरू अछुतो नभएको भन्दै कानुनमा रहेको छिद्र तत्कालै सच्याउनुपर्ने बताए । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीले चीन भ्रमणमा स्वर्णिम अवसर गुमाएको दाबी गरे । 
पन्तले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए । प्रधानमन्त्री र एमसीसी की कार्यकारी प्रमुखले सँगै कार्यालय उदघटन गरेकोमा समेत उनको आपत्ति थियो । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले समाजलाई शिष्ट र मर्यादित बनाउने हो भने शीर्ष नेता अनुशासित हुनुपर्ने बताए ।
समाजमा जताजतै अराजकता बढेको भन्दै सांसद सापकोटाल शीर्ष नेताले बोल्दा अनुशासित र मर्यादित भएर बोल्नुपर्ने उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पहिले दलको झण्डा र त्यसपछि सम्प्रदाय र अहिले जात र धर्मको झण्डा बोक्ने काम भएको भन्दै असन्तुष्टि जनाए
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अहिलेको व्यवस्थाले कसैलाई पनि खुसी दिन नसकेकाले सबै क्षेत्रमा आन्दोलन भएको दावी गरे । 
जसपाका प्रमुख सचेतक प्रदीप यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको ‘लोकतन्त्रविरोधी गतिविधि’को निगरानी बढाउनुपर्ने बताए । 
अहिले धर्मका नाममा भइरहेको विवाद देखेर राजावादी हुँ भन्नेहरू हौसिएको भन्दै उनले गणतन्त्र मास्ने दुष्प्रयास कसैले नगर्न चेतावनी दिए । सांसद भानुभक्त जोशीले भूकम्पबाट प्रभावित जिल्ला बझाङ घुमेर मात्र नआउन प्रधानमन्त्रीसहितको टोलीलाई आग्रह गरे । 

हामीलाई भन्नुछ÷शुन्य समय 

प्रतिक्रिया