आफु मन्त्री भएपछि वायुसेवा निगमको सञ्चालन खर्च नाफामा गएको मन्त्री किरातीको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताएका छन । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताएका हुन । मन्त्री किरातीले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन खर्चमा नाफा भएको दाबी गरे । 
मन्त्री किरातीले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाँज घाटामा रहेको स्वीकार गरे । नेपाल कालोसूचिबाट नेपाल चाँड नै हट्नेमा आशावादी रहेको उनको भनाइ थियो । मन्त्रीसँग छलफलपछि समितिले चिनिया जहाजवारे थप अध्ययन गर्ने निर्णय गरेको छ । 
समितिले चिनियाँ जहाजबारे सम्पूर्ण विवरणसहित समितिमा उपस्थित हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।  समितिले नागरिक उड्डयनसम्बन्धित दुई वटा विधेयकको बारेमा पनि आगामी समितिको बैठकमा पूर्ण जानकारी सहित उपस्थित हुन निर्देशन दिएको छ । समितिले मन्त्रालयले समितिलाई चिनियाँ जहाज कसरी नेपाल वायुसेवाको भाग बन्यो भन्नेबारेमा पनि जानकारी मागेको छ । 

प्रतिक्रिया