एशियाली खेलकुदमा सहभागी भएर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
एशियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ । क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोली मध्यान्ह त्रिभुवन विमानस्थल आइपुगेको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको प्रतिक्रिया दिए ।
कप्तान पौडेलले आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए । त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताए ।
ऐरीले अहिले टिम एकजुट भएर खेलिरहेको र अनुभव बटुल्ने मौका पाएकाले त्यसलाई आगामी दिनमा राम्रो खेल देखाउने मौकाको रुपमा लिएको उल्लेख गरे । एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई पनि फराकिलो अन्तरले पराजित गरेको थियो ।
प्रतिक्रिया