धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच सम्झौता
धुलिखेल अस्पताल सुधारका लागि नेपाल र जापान सरकारबीच झन्डै तीन अर्ब लागतको धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । सरकार र जापान सरकारबीच धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर सुधार परियोजना कार्यान्वयनका लागि ३ सय २९ करोड ६० लाख अर्थात २ अर्ब ९५ करोड रुपैयाँको अनुदान सहयोग खर्च गर्ने सम्झौतामा आज हस्ताक्षर भएको हो । सम्झौतामा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डाक्टर कृष्ण हारी पुष्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले हस्ताक्षर गरेका छन् । सो रकमवाट चारबर्षभित्र आकस्मिक विरामीहरुका लागि धुलिखेल अस्पतालमा ऊर्जा कक्ष सञ्चालन, एक आईसीयू र बाहिरी बिरामी परामर्श कक्ष सहित ट्रमा तथा आपतकालीन केन्द्र निर्माण हुनेछ । त्यस्तै एमआरआई सीटीस्क्यान र एक्सरे मेसिन उच्च स्टीम स्टेरिलाइजर आदि मेडिकल उपकरण उपलब्ध गराई स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको सरकारले जनाएको छ ।
प्रतिक्रिया