राष्ट्रियसभा उपाध्यक्ष र चिनियाँ विदेशमन्त्रीविच तिब्बतमा भेटवार्ता
राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल र चिनियाँ विदेशमन्त्री वाङ यी विच आज तिब्बतमा भेटवार्ता भएको छ । तिब्बती सहर निङ्चीमा आयोजना भएको तेस्रो चीन तिब्बत हिमालय पार अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा आएका वाङ यी र अर्यालविच साइडलाइन भेट भएको हो । भेटमा दुईपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ । सो क्रममा उपाध्यक्ष अर्यालले चीनले विकासमा राम्रो फड्को मारेको भन्दै प्रशंषा गर्दै नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गरेकी छिन । विदेशमन्त्री यीले पनि दुई देशविचको लामो सम्बन्धको सहयोग गर्दै नेपाललाई चिनिया सहयोग जारी रहने बताएका छन । उनले हालै भएको प्रधानमन्त्री दाहालको भ्रमण र दुईपक्षीय सम्झौताको पनि सो क्रममा चर्चा गरेका छन । अन्तर्राष्ट्रिय सहकार्य मञ्चको कार्यक्रममा नेपाल, भुटान, श्रीलंका चिली, नर्वे, अफगानिस्तान, पाकिस्तान, इटाली आदि देशका प्रतिनिधि सहभागी छन ।
प्रतिक्रिया