नेपालगन्जमा जारी कर्फ्यु आंशिकरुपमा हट्यो,  निषेधाज्ञा भने कायमै

दुई धार्मिक समुदायबीच उत्पन्न विवादका कारण स्थानीय प्रशासनले बाँकेको नेपालगञ्जमा लगाइएको अनिश्चितकालीन कर्फ्यु दिउँसोको समयमा हटाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले दिउसोको समयमा निषेधाज्ञा भने कायमै राखेको छ ।  आज राति आठ बजेदेखि भोलि बिहान ६ बजेसम्म  कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ । दिउँसोको समयमा निषेधाज्ञा जारी गरिएकोले उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर–पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।  हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएकोसूचनामा उल्लेख छ । प्रशासनले शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न समेत सबैमा अनुरोध गरेको छ । सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न पनि प्रशासनले सचेत गराएको छ । 
 

प्रतिक्रिया