बझाङका भुकम्प पीडितको राहत वितरणमा तिब्रता दिन प्रधानमन्त्रको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पप पीडितलाई सहयोगका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मङ्गलवार बझाङमा गएको भूकम्पबारेको अवस्था लगायतका विषयमा बुझ्न प्रधानमन्त्री दाहालले बोलाएको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको १२ औ बैठकमा छलफल गर्दै उनले सो निर्देशन दिएका हुन । प्रधानमन्त्री दाहालले भूकम्पमा प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन र प्राकृतिक विपदले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको उनको भनाइ छ । सरकारका तर्फबाट राहत, उद्दार, उपचार , पुर्नस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रधानमन्त्री दाहालले प्रतिवद्धता समेत व्यक्त गरे । यसैविच बझाङमा क्रियाशील राजनीतिक दलका नेताहरुले भूकम्प पीडित नागरिकलाई तत्कालै राहत उपलव्ध गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन । सर्वदलीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै बझाङका भूकम्प पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो ।।
प्रतिक्रिया