सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र आन्तरिक माग बढे सँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज (बुधबार) सुन प्रतितोला १४ सयले बढेको हो । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले बढेर १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको हो। अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

प्रतिक्रिया