एन्फा महिला लिग फुटबलमा उपाधिका लागी आज ए.पि.एफ. र नेपाल पुलिस भिड्दै
काठमाडौं । एन्फा महिला फुटबल लिगको विजेताको टुंगो आज लाग्ने भएको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउँसो दुई बजे हुने खेलका साबिक विजेता ए.पि.एफ. र नेपाल पुलिस क्लब बिचको खेल बाट उपाधि विजेता टुंगो लाग्ने भएको हो ।
आज पुलिस चौथो पल्टको भेटमा जितको खोजीमा हुँदा ए.पि.एफ. भने पुलिसलाई रोक्दै लगातार उपाधि जित्ने लक्ष्यमा छ । ए.पि.एफ.ले पहिलो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
पुलिस भने आर्मी सँग पेनाल्टी सुटआउटमा बिजेता हुँदै उपाधि नजिक पुगेको हो । दुई टोली बीच लिगचरणमा गोल रहित बराबरीमा रोकिए पनि फाइनल चरणमा भने ए.पि.एफ. हाबी भएको थियो ।
दुइ पटकको भेटमा ए.पि.एफ. ६–० र २–० ले विजयी भएको थियो ।
प्रतिक्रिया