सिक्किममा बाँध फुटरे बाढी आउँदा ठूलो जनधनको क्षति

सिक्किममा आएको बाढीमा १४ को ज्यान गएको पुष्टि भएको छ । १ सय २० जना भन्दा धेरै बेपत्ता रहेका छन् । बेपत्तामध्ये २३ भारतीय सेनाका सैनिक छन् । बुधबार बिहान परेको भारी वर्षापछि सिक्किमको ग्लेशियर तालले आफ्नो किनार भत्काएर अचानक बाढी आउदा ठूलो जनधनको क्षति भएको हो । लगातारको वर्षाका कारण उद्धार कार्यमा धेरै समस्या भइरहेको छ । बाढी र हिलोका कारण आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको प्रशासनले जनाएको छ ।बाढीका कारण उक्त क्षेत्रमा तीन हजारभन्दा बढी पर्यटक अलपत्र परेको र उनीहरुको सकुशल उद्दारका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अन्य दर्जन बढी सवारीसाधनसमेत बाढीले बगाएको छ ।बाढीबाट घरमै थुनिएका र फसेकाहरूको उद्धार तीव्र पारिएको छ । उद्धारमा सिक्किम प्रहरी र भारतीय सेनासहित आधा दर्जन निकाय खटिएका छन् । बाढीका कारण भएको क्षतिको सरकारले आकलन गर्न सकेको छैन । उत्तर क्षेत्र लाचेन उपत्यकामा मात्रै बाढीले करोडौँको भौतिक क्षतिसँगै मानवीय क्षति गरेको अनुमान सरकारको छ । बाढीका कारण सडक सञ्जाल, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ । सयौं घर बाढीमा डुबेका छन् । सिक्किमको मंगान, गान्तोक, पाक्योङ र नाम्ची जिल्लाका दर्जनभन्दा बढी पुल र बाँध बाढीले बगाएको छ । बाढीले पाक्योङ जिल्लाको गोलितार, सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धारमा सिंगो सरकार जुटेको जनाएका छन् । बाढीले राष्ट्रिय राजमार्ग–१० मा ठूलो क्षति पुगेको छ । 

प्रतिक्रिया