अमेरिकी सहयोग रोक्ने ट्रम्प प्रशासनको आदेशलाई अदालतको रोक

एजेन्सी । अमेरिकी अदालतले संघीय अनुदान र ऋण कटौती गर्ने निर्णय तत्काल लागू नगर्न आदेश दिएको छ । 

ट्रम्प प्रशासनले संघीय अनुदान र ऋण कटौती गर्ने निर्णयले कस्ता अनुदानलाई असर पर्ने भन्ने विषय स्पष्ट नरहेको भन्दै अमेरिकाको जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय लागू नगर्न अस्थायी लगाएका हुन् । 

यसअघि ह्वाइट हाउसको बजेट कार्यालयले सबै संघीय अनुदान र ऋण वितरण रोक्का गर्ने आदेश दिएको थियो । ट्रम्प प्रशासनले अनुदान र ऋण राष्ट्रपतिको प्राथमिकता अनुरूप रहेको सुनिश्चित गर्न समीक्षा नगरे सम्म कोष रोकिने जनाएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प प्रशासनको निर्णयले शिक्षा, स्वास्थ्य सेवा कार्यक्रम, आवास सहायता, विपद् राहत प्रभावित हुने आंकलन भएको समयमा अदालतको आदेश आएको हो । संघीय सरकारले आर्थिक वर्ष २०२४ मा लगभग १० ट्रिलियन डलर खर्च भएको दाबी गरेको छ । 

सोहि अनुदानलाई कटौती गर्ने ट्रम्प प्रशासनको निर्णय लागू हुनु भन्दा केही बेर अघि अदालतले रोक लगाएको हो ।

प्रतिक्रिया