राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)को संसदीय दलको बैठक आज (बुधबार) बस्दैछ ।  

बैठक बिहान ११ बजे पार्टी कार्यालय चःमतिमा रा.स्व.पा. संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक बोलाएका हुन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने निलम्बनमा परेकाले उपनेता श्रेष्ठकै अध्यक्षतामा बैठक बस्नेछ । 

बैठकमा संसद्को आगामी अधिवेशन तयारीका विषयमा छलफल हुनेछ । संसद्को हिँउदे अधिवेशन यही माघ १८ गतेदेखि शुरू हुँदैछ । बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेशका बारेमा समेत छलफल हुने नेताहरूले बताएका छन् । 

रा.स्व.पा.ले सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको बताउँदै आएको छ । 

प्रतिक्रिया