रवि लामिछानेको पुनरावेदनमा उच्चले माग्यो कैफियत प्रतिवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दर्ता गराएको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ ।
न्यायाधीश मिलन कुमार राईको इजलासले जिल्ला अदालत कास्कीसँग कैफियत प्रतिवेदन मगाउन आदेश दिएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत पौष २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रविलाई छाड्न आदेश दिएको थियो ।
धरौटी रकम बढी भएकाले साधारण तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँ भन्ने जिकिरसहित सोमबार लामिछानले उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए ।
प्रतिक्रिया