देशव्यापी सम्मेलन र खबरदारीले नयाँ जागरण पैदा भएको छ : अग्नि सापकोटा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको देशव्यापी सम्मेलन र खबरदारी सभाले नयाँ राजनीतिक जागरण पैदा गरेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियानका क्रममा पार्टीले जनताको मन जित्न सफल भएको जिकिर गरेका हुन् ।
“विगतमा केही कमजोरी भयो, अहिले हामी जनतातर्फ फर्किएका छौँ, जनताले पनि देश अप्ठ्यारो परेको बेला माओवादीले निकास दिन सक्छ भनेर बुझेका छन”, उनले भने ।
उपाध्यक्ष सापकोटाले जनयुद्धको बलमा नै मुलुकमा परिवर्तन सम्भव भएको भन्दै माओवादी आन्दोलनलाई अपव्याख्या गर्ने कार्य छुट कसैलाई नभएको धारणा राखे ।
प्रतिक्रिया