जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन्  । 

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका हुन् । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको नेपालको भनाइ छ ।

मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै अध्यक्ष नेपालले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गरे । नेपालले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए । प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरुलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने नेपालको भनाई छ  ।  समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने पनि नेपालले बताएका छन् । 

प्रतिक्रिया