नेपाली विशेषतामा आधारित समाजवाद आवश्यकः महासचिव चन्द
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका छन् ।
मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन्। चन्दले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको उल्लेख गरे ।
उनले नेपाली विशेषतामा आधाररित समाजवाद ल्याउन सकेमात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने जिकिर गरे । मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको दाबी गरे ।
समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरु एक भएर अगाडि बढ्नुपर्नेमा चन्दको जोड छ ।
प्रतिक्रिया