अध्यादेशको विपक्षी दलहरुले सामूहिक विरोध गर्ने :अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामूहिक विरोध गर्ने बताएका छन् । 

मंगलवार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले  यस्तो बताएका हुन् । दाहालले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप पनि लगाए ।

 सरकार प्रतिगमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामूहिक रुपमा सदनमा प्रस्तुत हुने समेत दाहालले बताए । दाहालले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीको संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाएका छन्।

अध्यक्ष दाहालले मुलुकको विकासका लागि नयाँ समाजवादी क्रान्तीको आवश्यकता रेहको भन्दै  केही मानिस र केही पार्टीहरु मुलुकको वर्तमान व्यवस्थालाई उल्ट्याउने कसरतमा लागिपरेको समेतबताए । अध्यक्ष दाहालले  संविधान संशोधनको नाममा मजदुर र किसानको अधिकार खोस्ने दुष्प्रयास भइरहेको उल्लेख गर्दै यसको विरोधमा उत्रिनुपर्नेमा पनि जोड दिएका छन् ।  

आफू नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचारविरोधी अभियान चलाएको र उक्त अभियान यथास्थितिवादी र प्रतिगामीहरुलाई मन नपरेको कारण सरकार ढालिएको दाबी दाहालको छ । 
 

प्रतिक्रिया