सांसद सोविता गौतमको आरोपः अभियोजन लगाउने सन्दर्भमा सरकारले कानूनको दुरुपयोग गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानूनको दुरुपयोग गरेर  मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् । 

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भिर उल्लङ्घन गरिरहेको आरोप लगाएकी हुन् । अभियोन लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानूनी व्यवस्था भएपनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताइन् ।

सांसद गौतमले  सरकारले कसैले सार्वजनिक रुपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले न्यायिक निरुपण गर्ने संस्थाले अपराधी करार गरे जसरि नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गरिन् । 

गम्भिर मुद्दाका कसुरदार बाहेकलाई थुनामा नराखि अभियोजन चलाउनुपर्नेमा सांसद गौतमको जोड छ । 

प्रतिक्रिया