धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न मानव अधिकार आयोगको अपिल

राष्ट्रिय मानवअधिकार आयोगले धार्मिक एवम् सामाजिक सद्भाव कायम गर्न अपिल गरेको छ । बाँकेको नेपालगन्जमा मंगलबार ¥यालीको क्रममा हिन्दु र मुस्लिम समुदायबीच विवाद सिर्जना भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार र उच्छृङ्खल गतिविधिहरू भएसँगै आयोगले बुधबार विज्ञप्तिमार्फत यस्तो अपिल गरेको हो । आयोगले तनावका कारण केही स्थानमा झडप हुँदा पाँच जना सुरक्षाकर्मीसहित २२ जना व्यक्ति घाइते भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । घटनाका सम्बन्धमा नेपालगन्ज कार्यालयले स्थलगत अनुगमन गर्नुका साथै सरोकारवाला निकायसँग सम्पर्क गरी जानकारी लिइरहेको आयोगले जनाएको छ । आयोगले शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुन, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन, मर्यादित रूपमा सामाजिक सञ्जालको प्रयोग गर्न समेत भनेको छ । त्यस्तै घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न, घाइतेको उपचारको व्यवस्था गर्न, विविध सम्प्रदाय बिचको सुसम्बन्धमा खलल पुग्ने गतिविधिहरू नगर्न÷नगराउन र संयमता अपनाउन आयोगले अपिल गरेको छ ।

प्रतिक्रिया